एकजुट होऔं आफ्नो अधिकारको लागी अनि भोली आउने पिढीहरुको लागी
नेपाल आदिबासी जनजाती महासंघ जापान
Welcome, Guest. Please login or register.
September 08, 2010, 06:23:01 AM
Top Help Search Login Register
News: Welcome to forum of Nepal Federation of Indigenous Nationalities Japan

+  नेपाल आदिबासी जनजाती महासंघ जापान
|-+  NEFIN Japan Related
| |-+  Press Release
| | |-+  आमहड्तालसम्मको आन्दोलनको घोषणा
0 Members and 1 Guest are viewing this topic. « previous next »
Pages: [1] Print
Author Topic: आमहड्तालसम्मको आन्दोलनको घोषणा  (Read 648 times)
sherpa
Administrator
Jr. Member
*****
Gender: Male
Posts: 92


जय जनजाती

sherpans@msn.com sherpasamurai@yahoo.com
View Profile WWW Email
« on: November 30, 2009, 10:25:23 AM »

आदिवासी/जनजाति बृहत मोर्चा, नेपाल             
         *प्रेस-विज्ञप्ती*

*आदरणीय पत्रकार/सञ्चारकर्मी मित्रहरु,*
           
 राज्यको अग्रगामी पुनर्संरचना, ऐतिहासिक पृष्ठभूमिसहित जातीय, भाषिक र क्षेत्रगत आधारमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, आत्मनिर्णयको अधिकार, जातीय स्वायत्तता र स्वशासन, धर्मनिरपेक्षता, बहुराष्ट्रिय-राज्य, भाषिक समानता र
अधिकार, आदिवासी जनजातिको भूमिसहितको विशिष्ट पहिचान, राजनीतिक अग्राधिकार, लैङ्गिक समानता, राज्य र आदिवासी/जनजातिका दल र संघ-संस्थाहबीच भएका सहमतिहरुको तत्काल कार्यान्वयनलगायतका साझा मुद्दा तथा नेपाल राज्य पक्ष रहेका आदिवासी/जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ लगायतका मानवअधिकारका   दस्तावेजहरुले सुनिश्चित गरेका आदिवासी/जनजातिका अधिकारहरु संविधानसभाले निर्माण गरिहरेको नयाँ संविधानमा सुनिश्चित गर्न-गराउन सशक्त संघर्ष गर्ने उद्देश्यका साथ मिति २०६६ मंसिर ६ (२१ नोभेम्वर २००९, ने.सं. ११३० थिंलाथ्व ५) मा आदिवासी/जनजाति बृहत मोर्चा, नेपालको गठन भएको छ ।
           
 आदिवासी/जनजाति आन्दोलनलाई देशव्यापी रुपमा सामुहिक र संगठित गर्दै आदिवासी/जनजातिका नैसर्गिक हक अधिकारहरु र हामीहरुले चाहेको जातीय ऐतिहासिक पृष्ठभूमि र भाषाको आधारमा आत्मनिर्णयको अधिकारसहित जातीय स्वायत्तता र स्वशासनको सुनिश्चिताको लागि सशक्त संघर्ष गर्नु रहेक छ ।
           
 मिति २१ नोभेम्वर, २००९ (२०६६ मंसिर ६ गते शनिवार), ने.सं. ११३० थिंलाथ्व ५) का  दिन चुम्लुङ्हिम, किरात याक्थुङ् चुम्लुङ्, तिखेदेवल, ललितपुरमा सम्पन्न आदिवासी/जनजाति बृहत भेलाले आधारभूत-सहमतिपत्र पारित गरेको छ (उक्त सहमतिपत्र यसैसाथ संलग्न छ) । उक्त आधारभूत सहमति-पत्रमा आदिवासी/जनजातिका २२ बुँदे साझा  मुद्दा, १३ बुँदे नयाँ संविधानमा सुनिश्चित हुनुपर्ने आदिवासी/जनजातिका अधिकारहरु, र संविधान निर्माण प्रक्रियामा सुनिश्चित हुनुपर्ने २ बुँदे लगायतका मुद्दाहरु पारित गरेको छ ।
           
संविधान निर्माण प्रक्रियामा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय कानुनको व्यवस्था, सबै प्रकारको जातीय विभेद उन्मूलन गर्ने महासन्धि अनुगमन समितिले नेपाल सरकारलाई मार्च १३, २००९ मा पठाएको अग्रीम चेतावनी-पत्र र सेप्टेम्बर २८, २००९ मा पठाएको सो को अनुगमन पत्र तथा आदिवासीको मानव अधिकार हेर्ने संयुक्त  राष्ट्रसंघको विशेष समाधीक्षकले जुलाई २०, २००९ मा गरेको सिफारिशअनुरुप  आदिवासीको स्वतन्त्र, पूर्वसूचित मञ्जुरीका लागि संविधानसभामा विषयगत समिति तथा अन्य उपयुक्त संयन्त्र २०६६ साल मंसिर १९ गतेभित्र स्थापना गरी
 आदिवासी/जनजातिहरूको अर्थपूर्ण र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै उक्त संयन्त्रमार्फत् स्वतन्त्र, पूर्वसूचित मञ्जुरी कायम गरेरमात्रै आदिवासी/जनजातिसंग सम्बन्धित् र आदिवासी/जनजातिलाई प्रभावित गर्ने संविधानका संवैधानिक सिद्धान्त, प्रस्तावना, धारा, उपधारा, अनुसूचीलगायतका सम्पूर्ण प्रावधान पारित गर्नुपर्दछ र आदिवासी/जनजातिको पहिचान तथा सामुहिक अधिकारको सम्बन्धमा छुट्टै प्रावधानहरूको व्यवस्था गर्नुपर्दछ । साथै, सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने महासन्धि अनुगमन समितिले संविधानसभामा आदिवासी/जनजातिको विषयगत समिति हुनुपर्ने र आदिवासी जनजातिको परम्परा अनुसार आफूले चुनेका प्रतिनिधिमार्फत् स्वतन्त्र, पूर्वसूचित मञ्जुरीको संयन्त्र र  प्रक्रिया पनि उक्त समयभित्र निर्माण गरी सुनिश्चित गरिनुपर्दछ । साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ लाई कार्यान्वयन गर्नका लागि सरकारको विशेष टोलीले बुझाएको कार्ययोजनालाई सरकारले २०६६ साल मंसिर १९ गतेभित्र पारित गरी लागू गरियोस् ।
           
उपरोक्त आदिवासी/जनजातिका साझा मुद्दा, संविधान निर्माण प्रक्रियामा सुनिश्चित हुनुपर्ने अधिकार तथा नयाँ संविधानमा अनिवार्य समेटिनुपर्ने सवालहरु उल्लेख गरी मिति २०६६ मंसिर ११ गते संविधान सभाका अध्यक्षसमक्ष र २०६६ मंसिर १२ गते नेपाल सरकारका प्रधानमन्त्रीसमक्ष ज्ञापन-पत्र बुझाइसकिएको छ (उक्त दुवै ज्ञापन-पत्र
यसैसाथ संलग्न छ) । आदिवासी/जनजातिको मुद्दामा संधैं अनुदार र उदासीन रहंदै आइरहेको नेपाल सरकारले हाम्रो जायज, न्यायोचित तथा वैधानिक मागहरुलाई ज्ञापन-पत्रमा उल्लेखित मंसिर १९ गतेभित्रमा राज्यले सम्बोधन नगरेको खण्डमा आदिवासी/जनजाति बृहत मोर्चा, नेपालले मंसिर २१, २०६६ गतेदेखि पुष १४, २०६६ सम्म पहिलो चरणको संघर्षका कार्यक्रमहरु कार्यान्वयन हुने घोषणा गर्न बाध्य भएका छौं (पहिलो चरणको संघर्षका कार्यक्रमहरु यसैसाथ संलग्न छ) ।
           
            *संघर्ष समिति**:*
           
१. सचिव - डा. कृष्ण भट्टचन, आदिवासी/जनजाति बुद्धिजीवी             
२. संघर्ष समिति सदस्य- पासाड. शेर्पा, नेपाल आदिवासी/जनजाति महासंघ             
३. संघर्ष समिति सदस्य- सोमा राइ, राष्ट्रिय आदिवासी/जनजाति महिला महासंघ             
४. संघर्ष समिति सदस्य- नरेश ताम्रकार, नेवाः देय् दबू (प्रतिनिधि जातीय संस्था (पहाड)         
५. संघर्ष समिति सदस्य- वसन्त शेरचन, थकाली सेवा समिति, (प्रतिनिधि, जातीय   संस्था (हिमाल)             
६. संघर्ष समिति सदस्य- धनबहादुर माझी, नेपाल माझी उत्थान संघ (प्रतिनिधि, जातीय सस्था
           
            (भित्री तर्राई))
           
 ७. संघर्ष समिति सदस्य- विर्सुलाल उराँव, नेपाल झांगड (उराव) कोडेम सुध्र्रारा प्रतिनिधि, जातीय संस्था (तर्राई)           
८. संघर्ष समिति सदस्य- लक्ष्मण थारु, थरुहट स्वायत्त राज्य परिषद (संघीय  लो.रा.मञ्च)             
९. संघर्ष समिति सदस्य- कुमार लिङदेन, संघीय लिम्बुवान राज्य परिषद (संघीय  लो.रा. मञ्च)             
१०. संघर्ष समिति सदस्य- रुपा चौधरी, आदिवासी/जनजाति सभासद सभा             
११. संघर्ष समिति सदस्य- सुरेश आलेमगर, आदिवासी-जातीय-क्षेत्रीय महासंघ, नेपाल प्रतिनिधि, राजनीतिक दल          भातृ/भगिनी संगठन)             
१२. संघर्ष समिति सदस्य- विजय सैंजु, नेपाः राष्ट्रिय पार्टी           
१३. संघर्ष समिति सदस्य- सञ्जुहाङ पालुङवा, संघीय लिम्बुवान राज्य परिषद             
१४. संघर्ष समिति सदस्य- मीनराज चौधरी, नेपाल आदिवासी/जनजाती विद्यार्थी महासंघ             
 १५. संघर्ष समिति सदस्य- सोपा मगर, आदिवासी विद्यार्थी समाज             
१६. संघर्ष समिति सदस्य- अञ्जना ताम्ली, राष्ट्रिय आदिवासी/जनजाति महिला  महासंघ, जिल्ला समन्वय परिषद
१७. संघर्ष समिति सदस्य- शुक्रबहादुर माझी, नेपाल आदिवासी/जनजाति महासंघ, जिल्ला समन्वय परिषद
१८. संघर्ष समिति सदस्य- नगेन्द्र कुमाल, थोरै संख्यामा रहेका आदिवासी/जनजाति समुदाय             
१९. संघर्ष समिति सदस्य- लोकेन्द्र जेरो किराती, सुचीकृत हुन बाँकी रहेका आदिवासी/जनजाति समुदाय
२०. संघर्ष समिति सदस्य- दिनेश घले, आदिवासी/जनजाति पेशागत तथा व्यवासायिक संस्था (लाहुर्निप)
२१. संघर्ष समिति सदस्य- भरत श्रेष्ठ, नेपाल आदिवासी/जनजाति युवा महासंघ
२२. संघर्ष समिति सदस्य- यमबहादुर कुलुङ, आदिवासी/जनजाति गैरसकारी संस्था महासंघ
           
*मिति**: आइतवार, मंसिर १४, २०६६ (२९ नोभेम्बर २००९) (**ने.सं. ११३० थिंलाथ्व १२) ।*
*स्थान**:** संवैधानिक संवाद केन्द्रको हल, नयाँ वानेश्वर, काठमाडौं ।*
Logged

Community web site चौतारी
Bridge to Nepal and Nepali
Events Photo Gallery
Front Door to Nepal 
Yellow Page of Nepal
Be respectful with other members means no flaming, insulting, belittling, harassing or threatening in PMs and please don't post rude, upsetting, offensive word
Pages: [1] Print 
« previous next »
Jump to:  


Login with username, password and session length
Powered by SMF | SMF © 2006-2009, Simple Machines LLC