एकजुट होऔं आफ्नो अधिकारको लागी अनि भोली आउने पिढीहरुको लागी
नेपाल आदिबासी जनजाती महासंघ जापान
Welcome, Guest. Please login or register.
September 08, 2010, 05:47:21 AM
Top Help Search Login Register
News: Welcome to forum of Nepal Federation of Indigenous Nationalities Japan

+  नेपाल आदिबासी जनजाती महासंघ जापान
|-+  NEFIN Related
| |-+  Articles
| | |-+  जनजातीहरु मसान हुन
0 Members and 1 Guest are viewing this topic. « previous next »
Pages: [1] Print
Author Topic: जनजातीहरु मसान हुन  (Read 861 times)
sherpa
Administrator
Jr. Member
*****
Gender: Male
Posts: 92


जय जनजाती

sherpans@msn.com sherpasamurai@yahoo.com
View Profile WWW Email
« on: October 15, 2009, 12:32:03 AM »

सोमनारायण थारु -थनेत

जनजातीहरु मसान हुन । यो भनाइ कसको होला ? कुन नेताको मुखबाट निस्केको बाणी होला । अथवा कुन पार्टीको अवधारणा पत्रमा उल्लेखित वाक्य होला भनेर तपाइ हामी खास गरी जातिय र वर्गीय मुक्तिको आवाज उठाउनेलाई उत्सुकताको विषय बन्न सक्छ ।

यो वाक्य अथवा भनाई नेकपा एमालेका वरिष्ठ भनाउँदा नेता के पी ओलीको हो । उहाँले आफ़्नो जापान भ्रमणको बेलामा विभिन्न कार्यक्रममा बोल्ने क्रममा यो भनाइ राख्नुभएको हो । अर्थात एउटा पार्टीको जिम्मेवार नेताले त्यही कुरा बोल्छ जुन कुरा त्यो पार्टीको अवधारणा पत्रमा उल्लेख भएको हुन्छ । आदिवासी र जनजातीको परिभाषा के हो ? यिनीहरुको को हुन भन्ने कुरा बताईरहनु पर्दैन । उच्च अहमकारवादी हिन्दुधर्मको आड र भरोसामा यस देशका सामन्त तथा पूंजिंपति वर्गले यहाँका आदिवासी जनजाती तथा सोझासाझा, गरिब, इमान्दार र निमुखा जनतामाथि अनेकौं तरिकाले शदियौंदेखि शोषण दमन र अन्याय अत्याचार गर्दै आए ।

देशमा भएको राजनीतिक परिवर्तन र घटनाक्रम संगसँगै यस देशका आदिवासी जनजाती लगायत शोषण दमनमा परेका सबै वर्ग, तह, तप्का र समुदायका मानिसहरु आफनो मुक्तिको लागी एकजुट भई आन्दोलित हुँदैं आइरहेका छन । कुनै बेला जातिय मुक्ति र वर्गिय मुक्तिको आवाज उठाउने पार्टी मालेलाई आदीवासी जनजाती तथा यस देशका शोषित, पींडित वर्गले आफ्नो बहुमुल्य मत मार्फ सबै भन्दा ठूलो पार्टीका नाईकै थिए । तर जब यहाँका आदिवासी जनजाती शोषित पींडित वर्गले एमालेको असली अनुहार देखे । जब तिनीहरुले एमालेका नेताहरुले काठमाण्डुमा महल ठडयाएको देखे । जब तिनीहरुले सामन्तवादको नाइके राजाको खुट्टामा मोहर चढाएको देखे । अनि यस देशका आदीवासी, जनजाती तथा शोषित पीडित वर्गले एमाले, काँग्रेस र पँचेहरुमा कुनै अन्तर देखेनन ।

यस देशका शोषित पींडित निमुखा आदिवासी जनजातीहरुले धेरै कुरा भोगिसके । धेरै राजनीतिक उथलपुथल अध्ययन गरिसके । उनीहरु अब पुरातनवादी राजनीतिक पार्टी र सिद्धान्तमा विश्वास गर्दैनन । उनीहरु मार्क्सवाद र माओवादबाट पनि परिशिक्षित भईसके । यसकारण उनीहरु अब आफ्नो जातिय मुक्ति केवल जातिय कुरा उठाएर मात्र सम्भव हुदैन भन्ने करा बुझिसकेका छन । यसले जातिय द्वन्द निम्त्याउन सक्छ र जातिय मुक्तिको मात्र कुरा उठाउनेहरु गोरेबहादुर खपाङ्खी जस्तै दरबारमा गएर विलय पनि हुन्छन । जातिय समस्या वास्तवमा वर्गीय समस्या भएको हुँदा यसलाइ त्यही अनुसार जोडेर अगाडि बढेमा मात्र सफल हुन सकिन्छ ।

जहाँसम्म केपी ओलीले जनजाती तथा शोषित पींडित जनताले उठाएका मागहरुलाइ मसान भने भन्ने कुरा छ । माथि नै उल्लेख गरी सकियो की जनजाती तथा शोषित, पीडित जनताले एमालेको असली रुप राम्ररी देखिसके । उनीहरु जसरी पनि वर्षौ वर्ष देखिको उत्पीडनबाट मुक्ति हुन चाहनु स्वभाविक हो । आफ्नो जातिय पहिचान र अस्तित्वको लागी आवाज उठाउनु राम्रो पक्ष हो । आफ़्नो गुमेको हक र अधिकार प्राप्त गर्नको लागी आन्दोलित हुनु पनि राम्रो हो र तिनीहरु निकै जोडदार,जागरुक र शसक्त ढँगले आफ़्नो आन्दोलनलाइ अगाडि बढाईराखेका छन तर यो कुरा केपी ओली जस्ता प्रतिक्रियावादी नेताहरुलाइ पचिरहेको छैन किनभने केपी ओली जस्ता नेतालाइ चिन्ता र डर लाग्न थालिसक्यो । वर्षौसम्म उच्च अहँमकारवादी हिन्दु धर्मको आड र भरोसामा यहांका सामन्तवादी र पूँजिपति वर्गले आदिवासी जनजाती तथा शोषित पींडित जनताहरुमाथि एक धर्म, एक संस्कृति र एक भाषा लादेर यति सम्म दवाएर राखेका थिए की उनीहरु कहिल्यै टाउको उठाउन सकिराखेका थिएनन । अर्थात केपी ओलीको शब्दमा उनीहरु मरिसकेका थिए, मसान थिए । अहिले उनीहरु जागरुक भएको देख्दा केपी ओली कमरेडले मसान जागेको देख्नु स्वभाविक पनि हो । खबरदार ! जनजातीको आन्दोलनलाइ मसानको सँज्ञा दिने प्रतिक्रियावादी नेता हो । यस देशका आदिवासी जनजाती तथा शोषण दमनमा परेका जनताहरु अझै जिउदैं छन । जिउदैं मानिसलाइ चिहानमा गाडने कोशीस नगर । यो देशलाइ बचाउन थुप्रै श्रमजिवी, भोका, नाङगा तथा आदिवासी, जनजातीहरुले रगत बगाएका छन र अझै बगाउन तयार छन । यो देशतिम्रो बाउको बिर्ता होइन । यो देशमा तिमी सामन्तहरुको नाइकेको रुपमा रहेको राजतन्त्र जसलाइ तिमीहरुले भगवान मानेर ढोग्छौ त्यसलाइ त नेपाली जनताले घोक्रेठयाक लगाए भने तिमीलाई लगाउन कुनै बुढो मँगलवार कुनपर्दैन ।

यो २१ औं शताब्दीको वैज्ञानिक युग हो । अहिलेका आदिवासी, जनजातीहरु शोषित ,पींडित, गरिब जनताले भुत, प्रेत, पिसाच र मसानमा बिश्वास गर्दैनन । अहिले त उनीहरुले मार्क्सवाद र माओवादमा विश्वास गर्छन । त्यसकारण केपी ओली जस्ताले देखेको जनजाती मसानलाई जुनसुकै धामी गरौ, र झाक्रीले पनि सुताउन र निको पार्न सक्दैन । बरु केपी ओली र वहाँको पार्टीलाई त्यो मसानले खाइ दिने हो की ? किनकी नेपाली जनताले, नेपालका शोषित, पींडितले, नेपालका आदिबासी ,जनजातीहरुले एमालेबाट जे आशा गरेका थिए, त्यसको ठिक बिपरित पाए । के पी ओली र उसको एमाले पार्टी सर्वहारावर्ग र जनजाती बिरोधी योजना र क्रियाकलापमा लागी परेको छ । हालसालै एमालेका गृहमन्त्री भीम रावलले जनजाती र सर्वहारावर्गको आवाजलाइ दवाउनको निमित्त विशेष शुरक्षा योजना लागु गर्दैछन । यसबाट जनजाती प्रतिको र सर्वहारा प्रतिको एमालेको दृष्टिकोण के हो भन्ने कुरा प्रष्ट हुन्छ । सर्वहारा, गरिब, कमैया र जनजाती बिरोधी नै वास्तवमा प्रतिक्रियावादी हो । यहांनिर कसैलाई ब्राहमण भनेर जनजाती बिरोधी भनेको हैन । न त कसैको नाक चुच्चो देखेर नै हो । यहांनिर त व्यक्तिको र पार्टीको नीति र बिचारलाइ भन्न खोजिएको हो । नीति र बिचार प्रतिक्रियावादी बोकेको छ भने मगर पनि जनजाती हुन सक्दैन, शेर्पा पनि जनजाती हुन सक्दैन, थारु पनि जनजाती हुन सक्दैन ।उदाहरणको लागी विजय गच्छेदार थारु भए पनि उसले थारु र जनजातीको प्रतिनिधित्व गर्न सक्दैनन् । अन्य कोही पनि हुन सक्दैन तर प्रचण्ड र बाबुरामको जस्तो नीति र बिचार छ भने गैर जनजाती पनि जनजाती हुन सक्छ ।

केपी ओलीलाइ लागेको मसान सुत्न सक्छ । त्यसको लागी एउटा बैज्ञानिक मार्क्सवादी औषधी छ । त्यो हो आत्मनिर्णयको अधिकार सहितको जातिय, क्षेत्रिय आधारमा संघिय राज्यहरुको स्थापना । अन्य पिछडिएका, उत्पीडनमा परेका जाती क्षेत्रहरुलाई निश्चित समयका लागि विषेश अधिकार । सबै किसिमका शोषण दमन, अन्याय, अत्याचारको अन्त्य । यी कुराहरु लागु गराउन केपी ओलीले आफ़्नो पार्टीलाई अग्रसर गराउन पहल गर्नुपर्छ न की आफ्नै नेताको खोइरो खन्ने तिर । तर यी कुराहरु पुरा गर्न माओवादी बिना सम्भव छैन । त्यसकारण माओवादीलाई सहयोग गर्नुहोस । ओलीलाइ लागेको भुत चट । अनि ओलीले मसान होइन सच्चा, इमान्दार र राष्ट्रियता बोकेका शोषित, पींडित जनता देख्नुहुनेछ । त्यहाँ ओलीले आदिबासी, जनजातीहरुले उठाएका मागहरु जायज पाउनुहुनेछ । अनि वहाँले तिनीहरुसित कांधमा कांध मिलाइ अगाडि बढनुहुनेछ, अनि अर्को पटक जापान आउंदा वहाँले भन्नुहुनेछ ।नेपालमा भुत प्रेत मसान छैन त्यहां त शोषित पीडित नेपाली जनता छन र तिनीहरुले आफ्नो हक र अधिकारको लागि चलाएको आन्दोलन जायज छ । नेपालको पहिचान, अस्तित्व, समृद्ध विकासको लागी यो नै सँघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आवश्यकता -

सोमनारायण थारु -थनेत
नेपाली जनजाती सरोकार मँच, बेल्जियम

श्रोत: समुद्रपारी डटकम
Logged

Community web site चौतारी
Bridge to Nepal and Nepali
Events Photo Gallery
Front Door to Nepal 
Yellow Page of Nepal
Be respectful with other members means no flaming, insulting, belittling, harassing or threatening in PMs and please don't post rude, upsetting, offensive word
Pages: [1] Print 
« previous next »
Jump to:  


Login with username, password and session length
Powered by SMF | SMF © 2006-2009, Simple Machines LLC